शर्लिन चोपडाको बयान : ‘राज कुन्द्राले ३० लाख दिएर फोहोर काम गराउँथे’


Yukta

नयाँ दिल्ली । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीका पति र चर्चित व्यापारी राज कुन्द्रालाई हिजो राति प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अश्लील चलचित्रहरू बनाएको र केही एप्सहरुमा ती अपलोड गरेको आरोप लागेको छ । मुम्बई पुलिसको अपराध शाखाले यस सम्बन्धमा छिटो कारवाही गरिरहेको छ । यस सम्बन्धमा अभिनेत्री तथा मोडेलहरू शर्लिन चोपडा र पूनम पाण्डेले पहिले नै महाराष्ट्र साइबर सेलमा आफ्नो बयान दायर गरिसकेका छन् । यससँगै राज कुन्द्राको नाम उजागर भएको हो ।
मुम्बई पुलिसले यसै वर्ष फेबु्रअरीमा अश्लीलता सम्बन्धी चलचित्रहरू निर्माण र अपलोड गर्नका लागि मुद्दा दर्ता गरेको थियो । २६ मार्चमा, मुम्बई पुलिसले पनि यही मुद्दामा एकता कपूरसँग बयान लिएको थियो । महाराष्ट्र साइबर सेलले शर्लिन चोपडा र पूनम पाण्डेको बयान रेकर्ड गरिसकेको छ । यसै वर्ष फेब्रुअरी महिनामा राज कुन्द्रा विरुद्ध मुद्दा दर्ता गरिएको थियो र अब अपराध शाखा टोलीले उनलाई पक्राउ गरेको छ ।
पुलिसका अनुसार राज कुन्द्राको बिरूद्ध पक्का प्रमाण छ । एफआईआरका अनुसार राज कुन्द्राको नाम शर्लिन चोपडाले यस केसमा पुलिससामु राखेकी थिइन् । पुलिसका अनुसार शर्लिन चोपडा भन्छिन् कि राज कुण्द्रालेनै उनलाई यस वयस्क उद्योगमा ल्याएका हुन् । शर्लिन चोपडाले प्रत्येक प्रोजेक्टको लागि ३० लाख भारतीय रुपैयाँ पारिश्रमिक पाउँथिन् । शर्लिनका अनुसार उनले १५ देखि २० वटा प्रोजेक्टहरु गरिसकेकी छिन् ।