इंग्लिस प्रिमियर लिगका एक खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ


Yukta

एजेन्सी । इंग्लिस प्रिमियर लिगका एक ३१ वर्षका खेलाडी बालयौन दुराचारको आशंकामा पक्राउ परेका छन् ।

कानूनी कारणले ती खेलाडीको नाम सार्वजनिक गरिएको छैन । ती खेलाडीलाई गएको शुक्रबार ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेको हो ।

वक्तव्य जारी गरेर ती खेलाडीको क्लबले उनी निलम्बनमा परेको उल्लेख गरेको छ ।

ती खेलाडी शुक्रबार पक्राउ परि त्यसपछि धरौटीमा रिहा भएको र अनुसन्धान भने जारी रहेको उल्लेख छ ।