अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा सम्पन्न, बने आफ्नै अन्तरिक्ष यानमा यात्रा गर्ने दोस्रो ब्यक्ति


Yukta

एजेन्सी । अर्बपति जेफ बेजोसले अन्तरिक्ष यात्रा सम्पन्न गरेका छन् । अन्तरिक्ष यात्राको लागि आफ्नो कम्पनी ब्लु ओरिजिनको पहिलो उडानका साथ तीन ब्यक्तिका साथ बेजोसले पनि यात्रा सम्पन्न गरेका हुन् ।

ब्लु ओरिजिन र जेफ बेजोस यसरी आफ्नै अन्तरिक्ष यानमा यात्रा गर्ने दोस्रो ब्यक्ति बनेका छन् । यो भन्दा पहिले गत जुलाई ११ मा भर्जिन ग्यालेक्टिकका रिचर्ड ब्रान्सन पहिलो पटक अन्तरिक्ष पुगेका थिए ।

जेफ बेजोस आफ्नो भाई मार्क बेजोस, नेदरल्यान्डमा बस्ने १८ वर्षिय युवक र टेक्सास निवासी ८२ वर्षिय महिला पाइलटका साथ पुगेका थिए । उनले प्रशिक्षणका लागि दुई दिन समय लगाएका थिए । १० मिनेटको उडान पश्चात उनी मरुभूमिमा ओर्लेका थिए र यसलाई उनले जीवनकै अविष्मरणिय क्षण भएको बताए ।