नेपाल पक्षीय एमाले स्थायी कमिटी बैठक जारी


Yukta

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक भर्चुअल माध्यममा चलिरहेको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसद्हरुसँग मंगलबार छलफल गरेका नेपालले बुधबारका लागि आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका हुन् ।

देउवालाई विश्वासको मत दिने एमालेका सांसद्हरुलाई अध्यक्ष केपी शर्मा ओली समूहले स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।