के गायिका नेहा कक्कड गर्भवती भएकै हुन् त ?


Yukta

एजेन्सी। अहिले फेरि गायिका नेहा कक्कड गर्भवती भएको खबर चर्चामा आउन थालेको छ । नेहा र रोहन एक दोस्रोलाई निकै प्रेम गर्छन् । उनीहरु अक्सर आफ्नो प्रेम सामाजिक सञ्जालबाट अभिव्यक्त गर्ने गरेका छन् ।

केहीदिन पहिले दुबै एयरपोर्टमा देखिएका थिए । केही समयदेखि नेहाको पहिरन सेन्स समेत केही परिवर्तन भएको छ । नेहा र रोहनको केही फरक स्माइलमा जुन तस्बिर बाहिर आएको छ । त्यसले नेहा गर्भवती भएको संकेत समेत दिएको छ ।

नेहाले इन्स्टाग्राममा केही तस्बिर समेत शेयर गरेकी छन् । जसमा उनले पर्पल कलरको पहिरन लगाएकी छन् । यो पहिरनमा उनले रोहनप्रितका साथ प्रेमले भरिएको तस्बिर खिचाएकी छन् । धेरै तस्बिर उनले साइट पोजमा दिएकी छन् । यसले पनि उनी गर्भवती भएको अनुमानमा बल पुगेको छ ।

नेहा कामका पनि निकै सक्रिय रहने व्यक्ति हुन् । उनी टेलिभिजन तथा सामाजिक सञ्जालमा केही दिनको अन्तरमा चर्चामा छाउने गर्थिन् । अहिले भने उनी लामो समयसम्म इन्डियन आइडल सेटमा देखिएकी छैनन् ।