आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै


hina

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि बुधबार बसेको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो ।

बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो ।

सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।