१८ वर्षमाथिकाले पाउने भयो जोनसन एण्ड जोनसन खोप, हेर्नुहोस् कहाँ-कहाँ लगाउन पाइन्छ ? (सूचीसहित)


hina

काठमाडौं । आजबाट १८ वर्षमाथिकाले अमेरिकाले दिएको जोनसन एण्ड जोनसन खोप लगाउन पाउने भएको छ ।

साउन ४ गतेदेखि देशभर लगाइँदै आएको खोप सुरुमा ५० देखि ५४ वर्ष उमेरकालाई दिइएको थियो । त्यसै नेपालमा बस्दै आएका शरणार्थी, स्वास्थ्यकर्मी तथा अपांगता भएका, जोनसन खोप अनिवार्य गरिएका देशमा जानेलाई मात्रै जोनसन खोपको दिइएको थियो ।

यी १० वटा स्थानीय तहका २७ वटा खोप केन्द्रमा जोनसनको खोप दिइने जानकारी जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले दिएको छ ।

चन्दागिरि नगरपालिका
-प्राथमिक स्वास्थ्य अस्पताल
-शसस्त्र प्रहरी अस्पताल
-सतुंगल स्वास्थय चौकी

कागेश्वरी नगरपालिका

-मुलपानी नगर अस्पताल
-बालपोट स्वास्थ्यचौकी
-गोठाटार स्वास्थ्यचौकी

​बुढानिलकण्ठ नगरपालिका
-बुढानिलकण्ठ स्वास्थ्य चौकी
-करुणा अस्पताल

तारकेश्वर नगरपालिका
-धर्मस्थली स्वास्थ्य चौकी
-मनमैजु स्वास्थ्य चौकी
-गोलढुंगा स्वास्थ्य चौकी

कीर्तिपुर नगरपालिका
-राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
-विष्णु देवी अस्पताल
-गोकर्णेश्वर नगरपालिका
-नेपाल मेडिकल कलेज
-शंकरापुर अस्पताल

टोखा नगरपालिका
-ग्राण्डी अन्रताष्ट्रिय अस्पताल
-अल नेपाल अस्पताल
-प्राथमिक स्वास्थ्य केन्द्र

नागार्जुन नगरपालिका
-रामकोट प्राथमिक स्वास्थ्य केन्द्र
-इचंगुनारायण स्वास्थ्य चौकी
-स्युचाटार स्वास्थ्य चौकी

शंखरापुर नगरपालिका
-लप्सीफेदी स्वास्थ्य चौकी
-सँखु स्वास्थ्य चौकी
-इन्द्रेणी नगर अस्पताल

दक्षिणकाली नगरपालिका
-शेष नारायण स्वास्थ्य चौकी
-प्राथमिक स्वास्थ्य चौकी
-छैमले स्वास्थ्य चौकी