शेरचन र परियारलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय


Yukta

उप-सम्पादक

काठमाडौं । माओवादी केन्द्रले प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख नियुक्ति गर्न सिफारिस गरेको छ ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले शेरचन र परियारलाई पुनर्नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादीले गण्डकी प्रदेशमा शेरचन र प्रदेश २ मा परियारलाई पुनर्नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्न लागेको हो ।