कर्मचारीले अब १० दिनको भ्रमण काज छुट्टी पाउने


Yukta

उप-सम्पादक

काठमाडौँ । सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८/७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।

यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।