बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त


Yukta

उप-सम्पादक

काठमाडौं । बलाधिकृत रथी प्रभुराम शर्मालाई सरकारले कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले रथी शर्मालाई कामु जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले २४ भदौमा कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् । उनी अवकाशअघि एक महिना विदा बस्ने भएकाले बलाधिकृत रथी शर्मालाई भावी प्रधानसेनापतिका रूपमा कायममुकायम जिम्मेवारी तोकिएको हो ।