टोकियो ओलम्पिकमा एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान


hina

काठमाडौं । जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । आज भएको खेलमा हिट चरणमा एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् ।

एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने सकिएको छ । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । एलेक्सले दक्षिण एशियाका भूटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई भने पछि पारे ।