राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त, दुई नियुक्त (विज्ञप्तिसहित)


hina

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा प्रदेशमा दुईजना नयाँ प्रदेश प्रमुख नियुक्त र दुईजना प्रदेश प्रमुख पदमुक्त गरेकी छन् ।

मंगलबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेका हुन् ।

त्यस्तै भण्डारीले दुई जना प्रमुखलाई पदमुक्त गरेकी छन् ।

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।