एउटा अचम्मको मन्दिर ! जहाँ सुनचाँदी र पैसा प्रसादको रुपमा बाँडिन्छ 


Yukta

उप-सम्पादक

  • 1
    Share

काठमाडौं । संसारमामा धेरै अनौठा किसिमका घटनाहरु भइरहेको हुन्छ, जुन मानिसहरुलाई पत्याउनै मुस्कील परिरहेको हुन्छ । यो संसारमा अहिलेसम्म मन्दिर नगएको कुनै मानिस छैन होला । सबैजना गएर मन्दिरबाट प्रसाद लिएर आउने गर्छन् । मन्दिरमा पुजा हुँदा पुजारीले हामिलाई प्रसादको रुपमा फुलपाती, अक्षता र फलफुल दिने गर्छन् ।
तर तपाईलाई पत्यार नलाग्ला , यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रुपमा फलफुल होइन तर सुन चाँदी र पैसाहरु दिने गरिन्छ । सुन चाँदीका गहना वितरण गरिने त्यो अनौठो मन्दिर भारतमा रहेको छ ।


योे अनौठो मन्दिर भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको छ । यहाँको उक्त मन्दिरलाई महालक्ष्मीको मन्दिर भन्ने गरिन्छ । यस मन्दिरमा बर्षको केहि दिन कुबेरको दरबार लाग्ने गर्छ । उक्त समय त्यहाँका भक्तजनलाई सुनचाँदी र नगद दिने चलन रहेको छ ।
बर्षभरी आउने भक्तजनले मन्दिरमा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । त्यस्तै विभिन्न पर्वमा पनि उक्त मन्दिरमा गरगहना चढाउने गर्छन् । यसरी चढाएका गरगहना कुबेर दरबारको पर्व लागेको बेला बाड्ने गरिन्छ ।


त्योबेला यहाँ अत्याधिक भीड लाग्ने गर्दछ । दिपावलीको बेला विशेष मेला लाग्ने यस मन्दिरमा मानिसहरु सुनको प्रसाद पाइएला भन्ने लोभले केही दिन अगाडढीदेखिनै यहाँ डेरा जमाउने गर्छन् । त्यो दिन यहाँका सडकहरु पुरै जाम हुने गर्दछ ।