निर्वाचन आयोगमा सनाखत सुरु (फोटोफिचर)


Yukta

उप-सम्पादक

  • 1.2K
    Shares

काठमाडौं – नेकपा एमालेबाट विभाजित भई नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन्।

माधवकुमार नेपालको नेतृत्वमा दल दर्ताका लागि दिएको निवेदनमाथि सनाखत गर्न निर्वाचन आयोगलाई बुधबार बोलाएको थियो। नेताहरु पुगेसँगै सनाखत सुरु भएको छ।

नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् ।

निर्वाचन आयोग पुगेका एकीकृत समाजवादीका नेताहरुले आफूहरुसँग ३१ जना सांसद् र ६२ केन्द्रीय सदस्य सशरीर निर्वाचन आयोगमा उपस्थित भएको दाबी गरेका छन्।