सिद्धार्थ शुक्ला ‘बिग बोस १३’ का विजेताको निधन


hina

  • 2
    Shares

काठमाडौं । ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । उनको ४० वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने छ ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।