बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहकले यस्तो उपहार पाउँदै


hina

  • 2
    Shares

काठमाडौं । बर्जर पेन्ट्सले दशैं र तिहारलाई लक्षित गर्दै ‘बर्जर फेस्टिभ राइड’ योजना ल्याएको छ । यो योजना लागू समेत भइसकेको कम्पनीले जानकारी दिएको छ ।

योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् जसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नु हुनेछ ।

यसका साथै योजनामा उपभोक्ताहरुले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेभसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगीतामा सहभागीता जनाउन पनि सक्नेछन् ।

यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

योजनाका बारेमा थप जानकारी लिन इच्छुक गाहकहरुले नजिकैको बर्जर डिलरमा सम्पर्क राख्न सक्नेछन् ।