पूनःनिर्माण कुरिरहेका वसन्तपुर क्षेत्रका धराप मन्दिर-हेर्नुहाेस् फाेटाे फिचर


Nepalkura

  • 7
    Shares

काठमाडाैँ –  २०७२ सालकाे भूकम्पले धराप सावित भएका वसन्तपुर क्षेत्रका मन्दिरहरू  अझै जिर्णाेद्वार हुन सकेका छैनन् ।

काठमाडौँकाे  वसन्तपुर स्थित  गद्दी बैठक दरवार निर्माण भए पनि सामुन्ने रहेकाे महादेव पार्वती मन्दिर जिर्णाेद्वारमा  न  महानगरपालिकाले ध्यान दियाे न, पुरातत्व विभागले चासाे नै देखाए । जसका कारण विश्व सम्पदा क्षेत्रका यी मन्दिरहरूले आन्तरिक तथा वाह्य पर्यटकलाई नै गिज्याइरहेकाे छ ।

त्यसाे त यस क्षेत्रका कतिपय घरहरू समेत पून:निर्माण तथा  जिर्णाेद्वार हुन नसक्दा  कुनै पनि बेला दुर्घटना हुन सक्ने जाेखिम कायम छ ।   वसन्तपुर क्षेत्र निकै चहलपहल हुने  क्षेत्र हाे । यस्ता जिर्ण सम्पदा र घरहरू एम्वुस सावित भएका छन् । काठमाडाैँ महानगरपालिका र पुरातत्व विभाग लगायत सम्वन्धित निकाय ध्यान जान नसकेकाे स्थानियकाे गुनासाे छ ।

हेर्नुहाेस् फाेटाे फिचर