अमिताभ अभिनित ‘उचाइ’ फिल्म सुटिङ नेपालमा हुने


Nepalkura

  • 7
    Shares

काठमाडौं -सुरज बड्जत्याको निर्माण र निर्देशन रहने ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना अमिताभ बच्चन नेपाल आउने भएका छन।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभ बच्चनले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ ।

कोरोना भाइरसले फिल्मनगरी तंग्रिने तयारीमा रहेका बेला बलिउडका स्टार अमिताभ नेपाल आउनुलाई सकारात्मक मानिएको छ । अमिताभ बच्चन यसअघि पनि ‘खुदा गवाह’ र ‘महान’ फिल्मको सुटिङका क्रममा नेपाल आएका थिए ।