जर्मन बुण्डेस लिगा फुटबलमा बार्यन म्युनिख दोस्रो स्थानमा


hina

  • 3
    Shares

काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले लेइप्जिगलाई ४–१ ले पराजित गरेको हो । योसँगै बार्यन म्युनिख दोस्रो स्थानमा रहेर आफ्नो प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा छैटौँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गरी सुरुवाति अग्रता दिलाए । उनले यो सिजन लिगमा ६ गोल गरिसकेका छन् ।

बार्यनका लागि ४७ औँ मिनेटमा मुसिएला, ५४ औँ मिनेटमा लिरोय साने र इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा चौपो–मोटिङ्गले गोल गरेका हुन् ।

आरबीका लागि लेइमारले ५८ औँ मिनेटमा एक गोल गरे ।

जितपछि चार खेलबाट १० अंकसहित बार्यन दोस्रो स्थानमा उक्लिएको छ ।