“आँसु बरर”  गीतकाे म्युजिक भिडियाे सार्वजनिक


Nepalkura

  • 14
    Shares
काठमाडाैँ – रचना रिमाल को स्वरमा जी बि चिरन, आयुषा के.सि. र श्रेय अगस्ती अभिनित “आँसु बरर”  गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ ।
 उक्त गीतका रचना स्व. गोकर्ण प्रशाद ढुंगेल र संगीत संकेत अगस्तीको रहेको छ। गीतको संयोजन पुरुषोत्तम न्यौपानेको हो भने रेकर्ड नरेश बिबिसी साथै मिक्सिंग र मास्टरिङ साजन शाहले गर्नुभएको छ। गीत ए-प्लस स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको कथावस्तु दिदीभाई द्वय साक्षी-श्रेय अगस्तीको हो भने प्रदिप खड्का,स्तुति न्यौपाने र सुजाता शर्माको दमदार अभिनय रहेको छ । बाल कलाकारको भूमिकामा पृथक गुरागाईं र श्रेयासी सुबेदी रहेका छन्। गीतको सिनेमाटोग्राफी दिनेश पराजुलीको रहेको छ भने मेकअप आर्टिस्ट बबिता श्रेष्ठ,कविता मगर र कविन खड्का हुनुहुन्छ।
सुनिता ढुंगेलको निर्माण र संकेत अगस्तीको निर्देशनमा उक्त भिडियोले परदेशी जीवनको पीडा र नेपाली युवाको वास्तविकता देखाएको छ। म्युजिक भिडियोले आफ्नै जन्मथलोमा कर्म गर्नुपर्छ भन्ने सन्देश बोकेको छ भन्नेबारे निर्देशक संकेत अगस्तीको भनाइ छ ।