नेप्से परिसूचक ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा


Nepalkura

  • 16
    Shares

काठमाडाैँ – आइतबार नेप्से परिसूचक बढेको छ। गत साता करिब ५१ अंक घटेर २८७५.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७१.४३ अंक बढेर २९४७.४२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १३.०३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.९१ अंक र सेन्सेटिभ फ्लोट ४.७२ अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ। गत साताको अन्तिम कारोबार दिन ७ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २३१ कम्पनीको ९६ हजार ५९१ पटकको कारोबारमा ९ अर्ब ४४ करोड ३५ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार कारोबारमा आएका १० कम्पनीहरुको शेयर १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन छ्याङ्दी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स, पाँचथर पावर, लिबर्टी इनर्जी, अरुण काबेली, सानिमा लाइफ इन्स्योरेन्स, अपि पावर र राष्ट्रिय बीमा कम्पनीको साधारण तथा संस्थापक शेयरको मूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एकको मात्र घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, कारोबारमा आएको विकास बैंकको परिसूचक ५.१३ प्रतिशत बढेको छ भने वित्त र उत्पादनमूलक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२९ प्रतिशत घटेको छ।