कमेडी च्याम्पियनका भरतमणिलाई गगन थापाले मागे भोट


Nepalkura

  • 10
    Shares

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले कमेडी च्याम्पियन सिजन–२ का फाइनलमा पुगेका भरतमाणि पौडेललाई भोट मागेका छन् । भरतमणि जिपी कोइराला मेमोरियल कलेजका विद्यार्थी पनि हुन् । उनलाई जिताउनको लागि कलेजले अभियान समेत चलाउँदै आएको छ । अभियान अन्तरगत कलेजले आयोजना गरेको कार्यक्रमा नेता थापाले कुनै प्रतिष्पर्धीका पक्षमा आफू नखुले पनि अव भने भरतमणिलाई भोट माग्ने बाहना मिलेको बताएका थिए ।

“कमेडी च्याम्पियन पहिले नहेरे पनि पछिल्लो समय  अधिकांश हेरेको भन्दै नेता थापाले कार्यक्रम हेरिसकेपछि भरतमणि भैदियोस भन्ने सदभाव जागेको बताएका हुन ।
पहिले यो कुरा सार्वजनिक रुपमा भन्ने आँट नगरे पनि जिपी कलेजको विद्यार्थी भनेर थाहा पाइसके पछि निर्धक्क भोट माग्ने बाहना मिलेको  बताए ।

उनले जिपी कलेजको व्यवस्थापन समितिमा आफू रहेको, यही क्षेत्रको सांसद भएको कारण आफ्नो कलेजका विद्यार्थीलाई भोट माग्नु नैतिक दायित्व पनि भएको बताए ।

भरतमणि कमेडी च्याम्पियन बनेको हेर्न चाहेको उनको भनाई छ ।