विश्वकप लिग-२ मा आज नेपाल र अमेरिका भिड्ने


Nepalkura

  • 7
    Shares

काठमाडौं- आइसिसी विश्वकप लिग(२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ।

ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुने भएको हो।

खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरू हुनेछ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई(दुई खेल खेल्नेछ।