१२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु, ८ हजार ५ सय सुपरिवेक्षक खटाइने


hina

  • 3
    Shares

काठमाडौं । कोभिडका कारण पछि धकेलिदैं गएको १२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु हुने भएको छ । जनगणनको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण शुरु गरिदै छ ।

यसका लागि केन्द्रिय तथ्यांक विभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । ७७ वटै जिल्लमा एकसाथ घर तथा घरपरिवारको सुचिकरण गरिने छ ।

विवरणमा घरपरिवारको बैंक खाता, ऋणमा पहुँच, ब्याबसायिक तालिमलगायतका विषय पनि समावेश गरिएको छ । विवरणमा व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि उतारिने छ ।

यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्याबसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत बिवरण लिइनेछ ।सुचीकरण असोज १८ गते भित्र सकिने बिभागले जनाएको छ ।