एकीकृत समाजवादीको पहिलाे बैठक असोज ५ मा


Nepalkura

  • 13
    Shares

काठमाडौं -नेपाल कम्युनिष्ट पार्टी एकीकृत(समाजवादी केन्द्रीय कमिटीकोको बैठक असोज ५ मा काठमाडौँमा बस्दैछ ।

यही भदौ २९ गते बैठक बस्ने तयारी भए पनि केही गृहकार्य गर्नुपर्ने भएकोले सारिएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका लगायतका बिषयमा रणनीति तयार पार्न बैठक बस्न लागेको बताईएको छ ।

नेकपा एमाले बाट विभाजित भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको गठन भएको हो ।