‘मोज्याक’ टायलको प्रयोग बढयाे


Nepalkura

  • 7
    Shares

काठमाडौँ – लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो ।

भरतपुर महानगरपालिकाले छ मिटरभन्दा साँघुरा सडकमा मोज्याक टायल अनिवार्य गरेको छ । अन्य पालिकाले पनि साँघुरा सडकमा मोज्याक टायल लगाउन थालेका छन् । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनियर रत्नप्रसाद लामिछाने महानगरले भारवहन क्षमता एम–२५ भन्दा माथि भएको टायल लगाउन सिफारिस गर्ने गरेको बताउनुभयो। छ मिटरभन्दा साँघुरा सडक र पेटीमा मोज्याक टायल प्रयोग हुने गरेको उहाँको भनाइ छ ।

भारवहन क्षमतासँगै सुन्दर देखिने भएकाले मोज्याक टायलको प्रयोग बढेको उहाँको भनाइ छ । नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनलाई महानगरले प्रयोग गर्न स्वीकृत प्रदान गर्ने गरेको छ । बजारमा एशियन कङ्क्रिटो प्रालिको उत्पादन अत्यधिक प्रयोग हुँदै आएको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्यले ढलान र कालोपत्र गर्दा पानी जमेर व्यवस्थापन गर्नुपर्ने भए पनि मोज्याक टायल लगाउँदा पानी सोस्ने भएकाले जमिनमा पानी छिर्ने र व्यवस्थापनमा सहज हुने बताउनुभएको छ । यसले वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।