एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु,भएपछि राजमार्ग अवरुद्ध गरियो


Nepalkura

  • 8
    Shares

काठमाडाैँ- कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ ।पूूर्वपश्चिम राजमार्गको कृष्णपुुर नगरपालिका(५ मा महेन्द्रनगरतर्फ जादै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षीय कृष्णबहादुर ऐरको मृत्यु भएको हो ।

सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अनुसार एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका (१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन ।