गठबन्धन बचे चुनावपछि दुई तिहाइको सरकार बन्ने प्रचण्डको भनाई


Nepalkura

  • 11
    Shares

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रका पक्षमा हुनेहरूसँग मोर्चा बनाएको भन्दै गठबन्धनले प्रतिक्रान्ति रोक्ने, प्रतिगमन हुन नदिने बताएका छन। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन्।

आज आयोजित पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा ‘गठबन्धनको तहबाट फेरि दुई तिहाइकै सरकार बनाउनबाट बन्चित नभएको उनको भनाई छ’

प्रचण्डले फेरि पनि माओवादी एक नम्बरको पार्टी बन्ने भन्दै उनले जनताले अब कुरा बुझिसकेकोले आफूलाई बदल्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औल्याएका छन ।