हाम्रो बारेमा

आजको युगलाई सूचनाको युग भनिन्छ । सूचना प्रविधिले फड्को मारेसँगै पत्रकारिताको आयामहरु पनि फराकिलो बन्दै गएको छ । पत्रकारिता चेतनाको ज्योती जगाउने अस्त्र हो भन्ने यथार्थबोध गर्दै समय सापेक्ष प्रविधिको प्रयोगबाट नेपाल कुरा मिडिया प्रा.लि. www.nepalkura.com नामक न्युज पोर्टल आम नेपालीमाझ पस्केको छ । नेपाल कुरा न्यूज पोर्टल सत्य र निष्पक्षा समाचार तथा स्वतन्त्र विचारमा आधारित आमसञ्चारको माध्यम हो र यही नै हाम्रो एक मात्र लक्ष्य हो ।

त्यसैले हामीले जनताको नैसर्गिक अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्राको रक्षाका लागि कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रण गरेका छौं । आज सूचना प्रविधिको भीडमा ‘फेक न्युज’को बाढीले सिंगो पत्रकारिता जगतमाथि प्रश्न चिन्ह खडा गरिदिएको छ । यो प्रश्नलाई चिर्ने पनि हाम्रो अनवरत प्रयत्न रहनेछ । सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररुपमा अघि बढाउनु नेपाल कुराको विशेषता हो ।

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् भने राज्यलाई नागरिकप्रति जनउत्तरदायी बनाउन घच्घच्याउनु हाम्रो जिम्मेवारी ठान्दछौं । नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी बोध गर्दछौं । हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगरी सत्य÷तथ्य, सन्तुलन र विश्वसनियताको आधारभूत सिद्धान्तलाई सदैव अंगिकार गर्न कटिवद्ध छौं । यही मान्यतामा अडिग रहेर समाचार र विचारमार्फत नागरिकलाई सु–सुचित गराउन सदैव लागि रहने प्रण गर्छौँ ।