फोक्सिङ्टार पुल निर्माणको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको काम[…..]

पुरा पढ्नुहोस्

सुकेटार विमानस्थलमा जहाज अवतरण

ताप्लेजुङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले[…..]

पुरा पढ्नुहोस्

झापामा करेन्ट लागेर कर्मचारीको मृत्यु

झापा । विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको टाउकामा गम्भीर[…..]

पुरा पढ्नुहोस्

सङ्खुवासभाको भोटखोला जाने सडक तीनदेखि अवरुद्ध

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको हो । उत्तर दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक[…..]

पुरा पढ्नुहोस्

सिलिचोङमा पहिरोबाट एक घरमा क्षति

संखुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिराले एक घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार घाइते  भएको वडाध्यक्ष अलक्षकुमार राईले बताए । आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिराले[…..]

पुरा पढ्नुहोस्

उदयपुरको तपेश्वरी क्षेत्रमा ५०० घर डुबानमा

उदयपुर । गए रातिदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन् । तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि[…..]

पुरा पढ्नुहोस्

ट्रयाक्टर दुर्घटनामा एक पुरुषको मृत्यु

पाँचथर । यहाँ ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्रयाक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः ०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका[…..]

पुरा पढ्नुहोस्

किबी झर्न थालेपछि कृषक चिन्तित

–भोजराज कार्की सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा किबी खेतको राम्रो सम्भावना देखिएपछि केही वर्षयता अधिकांश कृषकको ध्यान यसतर्फ आकर्षित भएको छ । सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई आजभोलि भने निरन्तरको वर्षाले चिन्तित बनाएको छ[…..]

पुरा पढ्नुहोस्

गाउँमा हात्ती पस्दा स्थानीयवासी त्रसित

झापा । भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मेचीनगर नगरपालिका–३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएका छन् । घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका हुन् । खुट्टा र टाउकामा[…..]

पुरा पढ्नुहोस्

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ

मोरङ । एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित तोडफोड गर्दै गरेको अवस्थामा सुनसरी दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको[…..]

पुरा पढ्नुहोस्