images

नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८ देशहरू उभिए एकै ठाउँमा

काठमाडाैँ - डर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न ७८ देशहरू एकै ठाउँमा  उभिएका छन् । भेदभाव, नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न  चीनसहित ७८ देशहरूले बिहीबार आह्वान गरेका छन् । 

डीडीपीएद्वारा जारी वक्तव्यमा जातीय श्रेष्ठताको कुनै पनि सिद्धान्त वैज्ञानिक रूपमा झुटो, नैतिक रूपमा निन्दनीय, सामाजिक रूपमा अन्यायपूर्ण छ र यसलाई खारेज गरिनुपर्ने बताइएकाे छ । विज्ञप्ति अनुसार नस्लवाद, जातीय भेदभाव, जेनोफोबिया र सम्बन्धित असहिष्णुताको कुप्रभावले समाज आज पनि आक्रान्त छ र यसको अन्त्यका लागि यथाशीघ्र डीडीपीएको कार्यान्वयन हुनुपर्नेमा जाेड दिइएकाे छ ।

देशहरूले संयुक्त वक्तव्य जारी गर्दै जातीय भेदभाव, सामाजिक पूर्वाग्रह, प्रहरीको ज्यादती र सामाजिक असमानता बारे गहिरो चिन्ता व्यक्त गरेका हुन्। यस वर्ष डीडीपीएको वीसौं वार्षिकोत्सव हो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा