images

आयल निगमले २०५८ साल भन्दा यता बोनस बाडेको छैन : प्रबन्ध निर्देशक

नेपाल आयल निगमका प्रबन्ध निर्देशक  सुरेन्द्र पौडेलले नेपाल आयल निगमले २०५८ सालबाट बोनस नबाढेको दाबी गरेका छन् ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति र स्वचालित मूल्य प्रणालीसम्बन्धी अन्तरक्रिया कार्यक्रमा  निर्देशक पौडेलले तीन अर्वको फिगरले गर्दा बोनसको कुरा जनमानसमा उठ्ने गरेको बतादै २०५८ साल भन्दा यता बोनस बाडिएको मिति निगममा नभएको दाबी गरे । उनले आयल निगमले मूल्य बृद्धि गर्नु रहर नभई बाध्यता भएको तर्क गरे ।  नेपालमा पेट्रोलियम पदार्थको शुद्धतामा कुनै सम्झौता नगरिने जानकारी दिदै नेपालमा युरो मापदण्डको पेट्रोल समेत आयात गरिएको बताए ।

नेपालमा पाइपलाइनबाट पेट्रोल आयात गर्दा शुद्धतामा कमि नआएको बताउदै पौडेलले नेपाल आयल निगमको ल्याव नै भरपर्दो भएले शुद्धतामा शंका नगर्न आग्रह गरे  । उनले  नेपालमा दुइवटा पाइपलाईन बन्ने अवस्थामा रहेकाले पेट्रोलियम पदार्थ आयातमा अझै सहज हुने  बताए ।

 नेपालमा पेट्रोलियम पदार्थको सहज तरिकाले आयत गर्नुपर्ने कार्यक्रमा सहभागिहरुको भनाई थियो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा