images

 एनसेलद्धारा ज्येष्ठ नागरिकका लागि बण्डल अफरसहितको आकर्षक निःशुल्क सिम योजना

काठमाडौं - एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका लागि बण्डल अफरसहितको आकर्षक निःशुल्क सिम योजना सञ्‍चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा शुक्रबारबाट सञ्‍चालनमा ल्याइएको यस योजनाअन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिनसक्ने कम्पनीले जानकारी दिएको छ। साथै, ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा छ महिनासम्म बोनसका रुपमा पाइने सेवा, सुविधाहरुको फाइदा लिनसक्ने जनाएको छ।

'यो योजनाअन्तर्गत पहिलो ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन्। त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले छ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन्। ग्राहकले विशेष छुटअन्तर्गत एक रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवा, एक रुपैयाँ प्रतिएमबीमा डेटा सेवा र १।९९ रुपैयाँ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको जनाएको छ। कम्पनीका अनुसार ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले सात दिनको समयसीमा रहेको २०० एमबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन्। त्यस्तै १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत ५०० एमबी डेटा पाउँछन्। २०० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले एक जीबी डेटा बोनसस्वरुप प्राप्त गर्ने छन्। बोनसमा पाइने यी डेटाहरु सात दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा