images

कसले प्रयोग गर्नु हुदैन अस्थाई साधन कपरटी ?

एजेन्सी । आईयूसिडि अन्तर्गत कपरटी, लुप पर्दछन्। नेपालमा कपरटीको प्रयोग धेरै गरिन्छ। यो एकपटक लगाएपछि १२ वर्षसम्मलाई काम गर्छ। कपरटी पुरुषले थाहा नपाउने गरी प्रयोग गरिरहन सकिन्छ।

यदि कपरटी बीचमा निकाल्नु परेमा पनि निकाल्न सकिन्छ । कपरटीको प्रयोग गर्दा महिनावारीको समयमा पेट दुख्ने, खुट्टाहरु, तिर्घाहरु दुख्ने हुन्छ । कहिलेकाहीँ महिनावारीको समयमा रक्तस्राव बढी हुन्छ। कपरटी राखिसकेपछि समय समयमा परीक्षण गर्नुपर्छ।

४० वर्ष पुगेपछि डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडिको प्रयोग गर्नुपर्छ। तर ४० वर्षपछि पिल्स भने खानुृ हुँदैन । पिल्सले ४० वर्ष पुगेपछि उच्च रत्तचाप बढाउने, ह्दयघात हुने सम्भावना हुन्छ।

प्रयोग नगर्ने अवस्था – गर्भ रहेको बेला वा गर्भको शंका लागेमा , कुनैबेला पाठेघर वा नलीको संक्रमण भएमा , कुनैबेला डिम्बबाहिनी नलीमै गर्भ रहेर समस्या परेको भए ,महिनावारी हुँदा अत्यधिक रक्तस्राव वा पिडा हुँदा ,रक्तअल्पता भएमा , कहिल्यै गर्भवती नभएको भएपरिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडि, डायफ्राम पर्दछन्। कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ । परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो।

यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर पनि कम हुन्छ। साथै यौनजन्य रोगबाट पनि बचाउँछ। कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने संभावना १८ प्रतिशतसम्म हुन्छ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा