images

शनिवार १९ औं ज्यापु दिवस अन्तरगत सुकुन्दा र्याली

२२ गते राष्ट्र प्रमुखहरूको उपस्थितिमा १९ औं ज्यापु दिवस

काठमाडौं - मंसिर २२ गते हुने १९ औं राष्ट्रिय ज्यापु दिवस’ को तयारी तीव्र रुपमा गरिरहेकाे ज्यापु विकास संस्कृति काेषले शनिवार सुकुन्दा र्याली आयाेजना गर्ने भएकाे छ । शनिवार अपरान्ह ४ बजे काठमाडाैंका २१ वडा गाेफः टाेलबाट  सुकुन्दा र्याली सुरू हुनेछ ।  १९ औं राष्ट्रिय ज्यापु दिवस’ समाराेह समितिले  सुकुन्दा र्यालीकाे 'र्याली मार्ग' समेत सार्वजनिक गरेकाे छ । 

 हरेक वर्षझैं यस वर्ष पनि शनिवार र्याली आयाेजना गरेकाे हाे । र्याली  काठमाडौँ महानगरपालिका २१ वडा गोफल टोलबाट सुरू हुनेछ । र्यालीका लागि सबैजना अपरान्ह ३ बजे नै भेला हुनेछन् । नेवाः परम्परा अनुसार सगुन लिइसकेपछिमात्र र्याली सुरूहुने काेषका उपाध्यक्ष सन्तकुमार महर्जनले नेपाल कुरालाई बताउनु भयाे । सुकुन्दा र्याली ४ : ३० बजे सुरू  हुनेछ ।

दिवस नजिकिंदै गर्दा काेषले दिवस केन्द्रित विविध कार्यक्रम गर्दै आएकाे छ ।  काेषले मंसिर २२ गते विहिवार यःमरी पुन्हिका दिन गोफः त्वाःको संयोजकत्वमा १९ औं राष्ट्रिय ज्यापु दिवस समारोह कार्यक्रम संचालन गर्ने तयारी पुरा भएको जनाएकाे छ ।

ज्यापु संस्कृतिलाई राष्ट्रिय साँस्कृतिक अभियानको रुपमा अगाडी बढाउन राष्ट्रिय मान्यताको आधारमा राष्ट्र प्रमुख प्रधानमन्त्रीको आतिथ्यमा राष्ट्रिय पर्वको रुपमा निरन्तर ज्यापु दिवस संचालन गर्दै आइरहेको छ । यो वर्ष पनि मंसिर २२ गते राष्ट्र प्रमुखहरूको उपस्थितिमा १९ औं ज्यापु दिवस मनाउन भव्य तयारी गरिसकेकाे छ ।

मंसिर २२ गते भने काठमाडाैंकाे लगन टाेलमा भेलाभई नेवाः परम्पराका बाजागाजा र झाँकीका साथै मूल ठूलाे याेमरी सहित नगर परिक्रमा गरि वसन्तपुरमा पुगेर ज्यापु दिवसकाे सभामा परिणत हुनेछ । काेषले २२ गते हुने साँस्कृतिक र्यालीकाे मार्ग समेत सार्वजनिक गरेकाे छ । 

 राष्ट्रीय ज्यापु दिवस समारोह यस पटक परम्परागत गोफः टोलको संयोजनमा मनाइदै छ । ज्यापु संस्कृति विकास कोषले उपत्यका मात्र नभइ देश विदेशमा रहेका नेवाः संस्कृतिको संरक्षण गर्दै मुलुकमा पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

 

 

 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा