images

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै

काठमाडौं -  दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राख्नुभएको छ ।

हालसम्म कूल २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीले  १२ हजार ४९० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा  नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गर्नुभएको छ । 

प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२  हजार २२० मत प्राप्त गर्नुभएको छ । दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियोे । दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा