images

एमाले अध्यक्ष ओली चुनावी सभाका लागि आज सुदूरपश्चिम जाँदै

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभाका लागि आज (बिहीवार) सुदूरपश्चिम जाँदैछन् । 

कैलाली र कञ्चनपुरमा हुन लागेको एमालेको चुनावीसभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम जान लागेका हुन् ।

आज ओलीले कैलाली र कञ्चनपुरका तीन स्थानमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

११ बजे कैलालीको बर्दगोरीया गाउँपालिकामा, १ बजे कञ्चनपुरको बेलौरी नगरपालिकामा र ३:३० बजे कैलालीको धनगढी उपमहानगरपालिकामा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने  कार्यसूची छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा