images

रुकुम त्रिवेणी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच  झडप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच  झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो ।

झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडी   तोडफोड गरेको प्रहरीले जनाएको छ ।

खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको हो । दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षकले जानकारी दिए । उनका अनुसार थोरै जनशक्ति हुँदा भीड नियन्त्रण गर्न गाह्रो भएको छ ।


 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा