वी लभ यू फाउन्डेसनद्धारा विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण

काठमाडौँ  – सामाजिक सेवामा समर्पित वी लभ यू फाउन्डेसन (We Love U Foundation) ले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका अवस्थित चित्रे पोखरी गा.बि.स. मा अध्यनरत विद्यार्थीहरुलाई स्कूल ब्याग, स्वेटर हस्तान्तर एवं विद्यालयमा टेलिभिजन र पुस्तकालय पनि स्थापना गरिदिएको छ ।  बिकट गाउँमा आर्थिक अवस्था कमजोर भएर शैक्षिक समाग्री अभाव भइरहेकाे साे विद्यालयमा फाउन्डेसनले विद्यार्थीहरुलाई साे सहयाेग हस्तान्तरणा गरेकाे हाे ।

फाउन्डेसनको सहयोगबाट विद्यार्थीहरुमा खुशी छाएको र निर्माण भएकाे पुस्तकालयद्धारा बौद्धिक विकास लगायत डिजिटल माध्यमबाट पठनपाठन गराउन अब सहज हुने विद्यालयका शिक्षकहरूले जानकारी दिनुभयाे । अन्तराष्ट्रिय वी लभ यू फाउन्डेसनले बिकट स्थानमा सेवाको हात बढाएकोमा स्थानीयहरूमा उमंग छाएको चित्रे पोखरी मा.बि.का प्रिन्सिपल संगीता ढकालले बताउनुभयो । यस्तैमा, सेवाको हात बढाउने वी लभ यू फाउन्डेसनलाई अन्तरमनदेखि धन्यवाद् दिँदै यसले बालबालिकाको मनमा सामाजिक भावना जागृत गराएको र यस किसिमका सामाजिक सेवाका कार्यहरु प्रत्येक व्यक्तिको कर्तव्य र दायित्व रहेकाे सामाजिक अभियन्ता बिबेक गुरुङले बताउनुभयाे ।

कार्यक्रमको अन्त्यमा वी लभ यू फाउन्डेसनको तर्फबाट अध्यक्ष शोभाकर घिमिरेले कार्यक्रममा आउनुभएका प्रमुख अतिथि, विशेष अतिथिहरु, प्रहरी, मिडियाकर्मी, स्वास्थ्यकर्मी, सम्पूर्ण स्वयंसेवक, स्थानीय बासिन्दा र सहकार्य गर्नुहुने चित्रे पोखरी मा.बि. परिवार सबैलाई धन्यवाद दिनुभयाे । साथै वहाँले पृथ्वीलाई बचाउने (Saving the Earth), जीवन बचाउने (Saving Lives) र मानवता बचाउने (Saving Humanity) अभियान शुरु गर्नुहुने अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनका अध्यक्ष श्री जाङ गील जा लाई स्मरण गर्दै आमाको मनद्धारा मानव जातिको खुशीको निम्ति प्रयत्न गर्दै जाने कुरा अवगत गराउनुभयाे । अगामी दिनहरुमा पनि फाउन्डेसनले विश्वका हरेक देशसँग सहकार्य गर्दै संसारभरिका मानिसहरु खुशी हुन सक्नेगरी आशाको पाइलालाई निरन्तर अगि बढाउने प्रतिबद्धता समेत जनाउनुभयाे ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा