images

एमाले विभाजन होइन पुनर्गठन भएको  छः नेता ज्वाला 

एमाले अब कम्युनिष्ट पार्टी नभएको भनाइ

काठमाडाैँ- नेकपा एकिकृत समाजबादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा एमालेको विभाजन नभई त्यसको पुर्नगठन भएको बताएका छन् । समाजवादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

लामो त्याग बलिदानी र संर्घषबाट प्राप्त भएका उपलब्धीमाथि एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्रीले प्रहार गर्न थालेपछि आफुहरु त्यसको विरुद्धमा लागेको ज्वालाले बताए । 

उनले भने,‘संविधानमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्न नसक्ने व्यवस्था भएको भएपनि त्यसमा पटक–पटक प्रहार गर्नुभयो ।  ओली  दक्षिणपन्थि धारमा हिँडेकाले एमाले अब कम्युनिष्ट पार्टी नभएको र आफुहरुले पार्टीभित्र विद्रोह गरेर नयाँ पार्टी गठन गरेको उनको भनाई छ ।
नयाँ पत्रिका दैनिकबाट

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा