निओ फ्युजनको प्रमाण पत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर - निओ फ्युजन स्कुल अफ कम्प्युटरको १७ औं प्रमाण पत्र, प्रशंसा पत्र वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरको कालांचास्थित बासु माध्यमिक विद्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले किताबी ज्ञान मात्र नभई व्यावहारिक ज्ञानको पनि अति आवश्यता रहेको बताउनुभयो । सांसद सुवालले नियो फ्युजनले गर्दै आएको कम्प्युटर तालिम तथा विभिन्न निःशुल्क व्यवहारिक सीपमुलक तालिमहरु गरेको खुसी व्यक्त गरे । साथै उनले यसको साथसाथै राजनितिक विषयमा पनि विद्यार्थीहरुलाई भ्रमण गराउन आग्रह गरेका थिए । अहिले जुनसुकै कामको लागि कम्प्युटर ज्ञान हुुनुपर्ने, उनले भन्नुभयो ।

त्यस्तै ख्वप इन्जिनियरिंग कलेजका प्राचार्य सुजन माकले इन्जिनियरिङको लागि कम्प्युटर ज्ञान अति आवश्यक रहेको बताए । त्यस्तै कायक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले निःशुल्क तालिममा भक्तपुरका साँस्कृतिक बाजागाजा प्रशिक्षण गराएको खुसी व्यक्त गरिन् । जोशीले नयाँ पूस्तालाई नयाँ शिक्षाको साथसाथै आफ्नो कला सस्कृतिको ज्ञान हुनुपर्ने बताइन् ।
 

निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले कम्प्युटर तालिमसंगै निःशल्क रुपमा विविध तालिमहरु दिदै आएको बताए । यो तिमीहरुको सुरुवाता मात्र हो उनले भने । तालिममा व्यस्त बनाउन सके कुलत र गलत बाटोमा नजाने र समयको सदुपयोग हुने भएकाले तालिम दिंदै आएको बनमाला बताउँछन । 

कार्यक्रममा ८ जना प्रशिक्षक प्रशंसा पत्र र ४५० विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको थियो । विभिन्न सांस्कृतिक कार्यक्रम भएको थियो ।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा