images

माओवादीले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम

काठमाडाैँ। नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी रहने चार जना मन्त्रीको टुंगो लगाएको हो। माओवादीबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको हो ।

यसअघि माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सरकारमा सहभागी भएका छन्। बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चाररचारवटा मन्त्रालय लिने सहमति भएको थियो । यस्तै, नेकपा (एस), माओवादी केन्द्र र जसपाले एकरएक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा