images

एसपी कार्की प्रदेशकै उत्कृष्ट प्रहरीः मुख्यमन्त्रीबाट सम्मानित

कपिलवस्तु। कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन्। ६६औं प्रहरी दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रशंसा पत्रसहित सम्मान गरेका हुन्।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भन्दै मुख्यमन्त्री केसीले एसपी कार्कीको उत्कृष्ट कार्यको सम्मान गरेका हुन्। कार्कीको सम्मानमा मुख्यमन्त्री केसीले प्रदेश राजधानीबाट पठाएको प्रशंसापत्र बुधबार प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रदान गरे।

प्रहरी दिवस समारोहमा जिल्लामा उत्कृष्ट कार्य गर्ने २ प्रहरी निरीक्षक, १ प्रहरी नायब निरीक्षक, १ प्रहरी सहायक निरीक्षक र २ प्रहरी हवल्दार गरी ६ जना प्रहरी कर्मचारीलाई पुरस्कारसहित कदरपत्र प्रदान गरिएको थियो।

प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालयले विविध खेलकुद प्रतियोगिता, लामो दौड प्रतियोगिता, बजार सरसफाई  र बृहद रक्तदान कार्यक्रमसमेतको आयोजना गरेको थियो। लामो दौड तथा विभिन्न खेल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो।  

प्रतिक्रिया

ताजा समाचार
पूरा समाचारको दैनिक विवरण नेपाल कुरा