काठमाडौँ -१० मा कांग्रेसका राजेन्द्रकुमार केसी  र माओवादी उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १० मा गठबन्धन असफल भएपछि कांग्रेस र माओवादी उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकाे छ । प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस उम्मेदवारद्वय  राजेन्द्रकुमार केसी (राजन लगातार तेस्रो जित दर्ज गर्ने मुडमा चुनावी अभियानमा हाेमीएका छन् ।

उम्मेदवार केसी काठमाडौं–१० बाट २०७० देखि कांग्रेस पार्टीबाट निरन्तर निर्वाचित हुँदै आएका छन् । सांसदमा ह्याट्रिक गर्ने प्रयासमा रहेका केसी मतदातासँग मत माग्न घरदैलो कार्यक्रममा भ्याइनभ्याइ छ । तर,देशभर पाँच दलीय गठबन्धन रहे पनि,काठमाडौं–१० मा भने, सत्ता गठबन्धनबीच चुनावी तालमेल नगरी दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसबाट राजेन्द्रकुमार केसी, एमालेबाट हिमेश केसी, माओवादीबाट अन्जना विशुखे, जसपाबाट संगम नेपाल, राप्रपाबाट बलराम थापा, क्षेत्र नम्बर १० मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । तर चुनावी प्रतिस्पर्धाबाट बाजी कस्ले मार्ला भन्ने बारे मसिंर ४ नै कुर्नुपर्ला ।

गठबन्धन नहुनुको कारण माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत खस्किनु रहकाे केसीले बताए । माओवादीले आफ्नो जनमतभन्दा बढी भाग खोज्दा सहकार्य गर्न नसकिएको उनकाे भनाइ छ ।  माओवादीले काठमाडौं –१० प्रदेशसभा १ तर्फ आफूले उम्मेदवार हुनुपर्ने माग गरेको थियो । दक्षिणकाली र कीर्तिपुर क्षेत्र पर्ने काठमाडौं १० (१) का वडा र नगरपालिका नेतृत्व आफ्नो भएको अवस्थामा दिन नसकिने भनेर केसीले नै माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवालाई बताएका थिए । त्यसपछि दुवै दलबाट उम्मेदवार हुने तय भएको थियाे । माओवादीले युद्धकालमा सेल्टर बसेको क्षेत्र पनि भएकाले काठमाडौं १० (१) मा आफ्नो उम्मेदवार हुनुपर्ने दावी गरेका थिए 

स्थानीय तह निर्वाचनमा अधिकांश वडा र दुवै नगरपालिकामा कांग्रेसकाे नेतृत्व रहेकाले  माओवादी र एकीकृत समाजवादीको मत खस्किएको केसीकाे भनाइ छ ।  केसीले भने, ’पाँच दलीय गठबन्धन भए पनि सभापति देउवा र माओवादी अध्यक्ष दाहाल बसेर यो निर्वाचन क्षेत्रमा आ–आफ्ना उम्मेदवार छौँ ।’ केसीका अनुसार काठमाडौं–१० का जनताले आफूलाई रुचाएका छन् । 'यदि, यहाँका जनताले नरुचाएको भए म निरन्तर निर्वाचित हुँनै सक्दैँन थिए ।' उनले भने ।

काठमाडौं–१० मा अधुरा रहेका विकास योजना पूर्ति गर्न र राष्ट्रलाई राजनीतिक स्थायित्व दिनका लागि आफूलाई भोट मिल्ने बताएका केसीकाे दावी छ ।  काठमाडौं–१० बाट ह्याट्रिक गर्ने दाउमा रहेका राजनले भने 'प्रतिस्पर्धी पार्टीका एजेन्डा लिएर मैदानमा आएकाले मतदाताले सम्मानका मत दिनेछन् । साथै जनमत मेराे पक्षमा रहेकाले म विजयी हुन्छु

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा