images

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने

काठमाडौँ-  बाग्मती प्रदेशसभाको भोली बस्ने बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी रहेको बताईएको छ ।नेता पाण्डे गएको कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

सभामुखसहित प्रदेशसभामा एक सय ९ मत छ । गठबन्धन दलहरूसँग ५९ मत रहेकाले पाण्डे नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने देखिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।


 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा