images

घाँटीमा गम्छा कसिएको अवस्थामा बालकको शव फेला

काठमाडौँ - पर्साको जगरनाथपुर गाउँपालिका ६ सन्ठीमा एक जना बालकको शव भेटिएको छ । स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेल मृत भेटिएका हुन् । गाउँको पूर्वपट्टी उखुबारीमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर गरेकी थिइन् । गाउँलेले प्रहरीलाई सूचना दिएका थिए । बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

बालक चार दिनदेखि हराएका थिए । कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि समेत निवेदन दिएका थिए । बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न रहेको आशंकामा चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा