images

अति भाे ! सडकको सास्ती जनताले कहिलेसम्म खेप्नुपर्ने ?

नेपालमा मनसुन भित्रिएसँगै बाटाघाटा तथा सडकहरूमा वर्षाले गर्दा हिलो, चिप्लो आदि भएर हिँड्डुल गर्न सबैलाई असहज हुनु स्वाभाविकै हो । यसर्थ मनसुन भित्रिने क्रमसँगै अर्थात् वर्षा याम सुरु हुनु अगावै बाटाघाटा तथा सडक निर्माण कार्यलाई सम्पन्न गराइसक्नुपर्ने सरकारको दायित्व हो । यस्तो कुरामा सम्बद्ध निकायले सदैव चनाखो राख्नुपर्छ । तर राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न भागमा वर्षा याममा नै सडकमा खाल्डा खन्ने गरिएको छ । सडक बिगारेर झनै दुःख दिने प्रवृत्ति विगत केही समयदेखि बढी नै देखिन थालेका छन् ।

हाम्रो देशका अधिकांश सडक कच्ची छन् । खासै यहाँ कुनै पनि सडकमा नाला निर्माण गरिएको पाइँदैन । सबै भल सडकमै बग्ने भएकाले एक पटक बनाइएका सडक हरेक वर्ष बनाइरहनुपर्ने बाध्यता छ । ‘हिउँदमा गाडी चल्छन्, वर्षामा सडकमै भल बग्ने हुनाले बिग्रिहाल्छन्, हिउँद लाग्दा फेरि बनाउनुपर्ने बाध्यता छ यहाँ । हरेक वर्ष यसरी सडक बनाउँदा अनावश्यक रुपमा बजेट खर्च भइरहेको छ ।

सडक कालेपत्रे गर्ने, स्तरोन्नति गर्ने कार्यमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका निकायहरुले ठूलो रकम खर्च गरिरहेका छन् । राजमार्ग, हुलाकी मार्ग, कृषि सडक, ग्रामिण सडक आदिको निर्माण कार्यमा वर्षेनी थुप्रै धनराशी खर्च हुन्छ । तर, बनेका संरचनाहरुको सदुपयोग गर्ने, त्यसलाई समय–समयमा मर्मत गर्ने, संरचनामा क्षति पुगेलगत्तै मर्मत सम्भार गर्ने काममा भने तीनै तहका सरकारहरुले ध्यान दिएका छैनन् । जसले थोरै खर्चमा मर्मत गरि जोगाउन सकिने सडक पूर्वाधारहरुमा क्षति भई पुनर्निमाण नै गर्नुपर्ने अवस्थामा आउने गरेको छ । त्यसबाट राज्यलाई वर्षेनी अरबौंको व्ययभार थपिने गरेको छ ।
हाम्रा स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायहरुले निर्माणका योजनाहरु सञ्चालन गर्छन् । तर, उनीहरुले नियमितरुपमा स–साना मर्मत सम्भारका काम गर्दैनन् । मर्मत सम्भारको शीर्षकबाट विगतमा धेरै आर्थिक दुरुपयोग भएको बहानामा त्यो शीर्षक नै हटाइयो । अहिले नियमित योजनामा परेको भए भत्किएका, बिग्रिएका संरचनाहरु बन्ने नत्रभने वर्षौंसम्म पनि ती अलपत्रै अवस्थामा रहिरहने गरेका छन् ।

सडक निर्माणको नाममा व्यापक चलखेल
वर्षा याममा सडक तथा बाटाघाटा निर्माण अनि मर्मत गर्दा वर्षालाई दोष दिएर कमसल गुणस्तरका सामग्री प्रयोग गर्ने प्रवृत्ति ठेकेदारहरूमा व्यापक छ । राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा यस्ता समस्या बल्झिँदै गएको पाइन्छ । राजधानी र वरिपरिकै क्षेत्रमा यस्ता समस्या निकै देख्न पाइन्छ भने मुलुकका अन्य क्षेत्रमा यस्ता समस्या कुन हदसम्म होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ । 

अनियमितता तथा लापरबाहीको अनुपम नमुना यस ठेक्कामा ठेकेदार, अनुगमन गर्ने सरकारी निकायलगायत सबै दोषका भागी रहेको स्पष्ट छ । यस्तै प्रवृत्तिका कारण मुलुकका हरेक परियोजना समयमा सम्पन्न नहुने मात्र होइन कुल लागतमा समेत वृद्धि भइरहेको हुन्छ । यस्ता विसङ्गतिप्रति सम्बन्धित सरकारी पक्षले कडाइका साथ प्रस्तुत हुनैपर्ने आवश्यकता देखिएको छ ।

उपत्यकामै एउटा एक हजार चार सय मिटर अर्थात् झन्डै डेढ किलोमिटर सडक नाला निर्माणका लागि गत साल जेठ महिनामा २८ करोड ७४ लाख रुपियाँमा ठेक्का दिइएको थियो । यही असार २० गतेसम्म निर्माण कार्य सम्पन्न भइसक्नुपर्नेमा हालसम्म जम्मा २० प्रतिशत मात्र काम भएको पाइएको छ । यसका निम्ति सडकका दुवैतर्फ सडक खनिएको छ । सडकको बीचमै खाल्डो पारिएको छ । सवारी साधन त के मानिस हिँड्नसमेत नमिल्ने अस्तव्यस्तपूर्ण अवस्था देखिन्छ ।
स्थानीयवासीलाई विशेषगरी वर्षा याममा आवतजावत गर्न निकै नै कष्टपूर्ण अवस्था छ । स्कुले नानी तथा बटुवाहरू यो क्षेत्रमा दुर्घटनामा पर्ने सम्भावना बढ्दो छ । राजधानीमा नै यस प्रकारको बेथितिले प्रश्रय पाइरहेको यो विकृत नमुना हो । एक वर्ष अर्थात् यही असार २० गतेभित्र सम्पन्न गरिनुपर्ने ठेक्काको हालसम्म २० प्रतिशतसम्म कार्य मात्र सम्पन्न हुनु वास्तवमा दुःख लाग्दो विषय हो । 
अनियमितता तथा लापरबाहीको अनुपम नमुना यस ठेक्कामा ठेकेदार, अनुगमन गर्ने सरकारी निकायलगायत सबै दोषका भागी रहेको स्पष्ट छ । यस्तै प्रवृत्तिका कारण मुलुकका हरेक परियोजना समयमा सम्पन्न नहुने मात्र होइन कुल लागतमा समेत वृद्धि भइरहेको हुन्छ । यस्ता विसङ्गतिप्रति सम्बन्धित सरकारी पक्षले कडाइका साथ प्रस्तुत हुनैपर्ने आवश्यकता देखिएको छ । यस्ता प्रवृत्तिलाई निरुत्साहित गरेर मुलुकमा उत्तरदायीपूर्ण निर्माण संस्कार बनाउन सरकारका तर्फबाट पहल गर्न ढिलाइ भइसकेका उदाहरण प्रशस्तै छन् ।
सडक बिग्रनुको मुख्य कारण : नालाको अभाव
सडक बिग्रनुको मुख्य कारण हो, नालाको अभाव । सडकसँगै निर्माण भएका नाला फोहोरले पुरिएका छन् भने नयाँ सडकसँगै नाला निर्माण हुन सकेको छैन । कालोपत्रे गरिएका सडकमा भएका नाला बुझिएका कारण नालामा बग्नुपर्ने भल सडकमा बगिरहेको छ । यसै कारण यात्रा असजिलो र सडक बिग्रँदै गएको छ । सडक पक्की भएर पनि नाला व्यवस्थित नहुँदा हरेक वर्षायामको बेलामा नालामा बग्नुपर्ने पानी सडकमै बगिरहेको हुन्छ ।
हाम्रो देशका अधिकांश सडक कच्ची छन् । खासै यहाँ कुनै पनि सडकमा नाला निर्माण गरिएको पाइँदैन । सबै भल सडकमै बग्ने भएकाले एक पटक बनाइएका सडक हरेक वर्ष बनाइरहनुपर्ने बाध्यता छ । ‘हिउँदमा गाडी चल्छन्, वर्षामा सडकमै भल बग्ने हुनाले बिग्रिहाल्छन्, हिउँद लाग्दा फेरि बनाउनुपर्ने बाध्यता छ यहाँ । हरेक वर्ष यसरी सडक बनाउँदा अनावश्यक रुपमा बजेट खर्च भइरहेको छ । तर, संघ प्रदेश र स्थानीय सरकार, उपभोक्ता समिति, प्राविधिक कसैले पनि स्थानीयको मर्का बुझिराखेको छैन ।

फोहोरको समस्या पनि यसैकै उपज
वर्तमानमा राजधानी काठमाडौँले भौग्न परिरहेको फोहोरको समस्या पनि यस्तै प्रवृत्तिका कारण सिर्जित हो । काठमाडौंँको फोहोर लगिने क्षेत्र सिसडोललगायत पासाङ ल्हामु राजमार्गको सडक मर्मत तथा सुधारका लागि स्थानीय जनताले उठाइरहेका जायज माग सम्बन्धमा आठ वर्षअघि नै ठेक्का लागिसके पनि हालसम्म पनि सो कार्य सम्पन्न हुन नसकेकै फलस्वरूप समस्या खडा भएको हो । 
राजधानीका धेरै टोल तथा वडामा धेरैतिर देख्न पाइन्छ । केही मिटरका दूरीमा राजधानीका मुख्य सडकमा खाल्डाखुल्डी पाइनु यहाँका सडकका विशेषताका रूपमा औँल्याउनुपर्ने हुन्छ । अझ भन्नुपर्दा धेरै ठाउँमा सग्ला सडक देख्न पाउनु निकै दुर्लभ छ । वर्षा यामअघि नै सडक निर्माण मर्मत सम्पन्न गरिसक्नु पर्छ भन्ने तथ्यमा न सरकारी पक्षले गम्भीरतापूर्वक सोचविचार गरेको पाइन्छ न त ठेकेदारले आफ्नो जिम्मेवारी नै महसुस गर्छन् ।
नेपालका सडक एसियाकै खराब
वर्ल्ड इकोनोमिक फोरमले देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोट अनुसार नेपालका सडक एसियाकै खराबमा परेको छ । आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ । यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।
यसैगरी राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान छन् । सबैभन्दा खराब देशको सूचीको पुछारमा नेपाल छ । बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराब सडक भएको देशमा सूचीकृत भएका छन् ।
प्रत्येक सडक ‘डेथ–जोन’ बन्दै
दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाका कारण नेपालका कतिपय सडक ‘डेथ–जोन’ बन्दै गएका छन् ।  करिब २४ वर्षअघि बनेको सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गरी वैज्ञानिक नबनाएसम्म दुर्घटना नियन्त्रण नहुने विज्ञहरूको धारणा छ ।
‘एक लाख ४० हजार सवारी साधन दर्ता भएको बेला बनेको सवारी ऐन करिब १९ लाख सवारी दर्ता भएको अवस्थासम्म कार्यान्वयनमा छ 
सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ । स्विडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी प्रतिवेदनले नेपालका सडक सुरक्षित बनाउन अबको एक दशकमा ८७ करोड ९० लाख डलर खर्चिनु पर्ने औँल्याएको हो । 
गाडी दुर्घटना हुनुमा चालक मात्र दोषी छैनन्। सडक जस्तो हुनुपर्ने हो, त्यस्तो नभएकाले पनि दुर्घटना हुने गरेका छन । २०७६ मा सिन्धुपाल्चोकको खाडीचौरमा भएको गाडी दुर्घटनाको एउटा कारण सडकको बनावट पनि थियो । कालिञ्चोकबाट सिन्धुपाल्चोक फर्कंदै गरेको बस ६ किलोमिटर भन्ने ठाउँको घुम्तीमा आइपुग्दा दाहिने मोड्नुपर्ने थियो । तर, दाहिने मोड्नेतर्फ बाटो साँघुरो र सेफ्टीवालविहीन थियो । जहाँ घुमाउन चालकले संयम नअपनाउँदा र छेकबार पनि नहुँदा बस ५०० मिटर तल झरेको थियो । सडक विभागसँग राष्ट्रिय राजमार्ग निर्माण गर्ने लक्ष्य त छन्, तर छेकबार वा डिभाइडर कहाँ र कसरी बनाउने भन्नेबारे अध्ययन र तथ्यांक छैन।
ग्राफिन सडक मोडल नेपालमा ल्याइनुपर्छ

बेलायतका वैज्ञानकिहरुले यस्तो पदार्थ विकसित गरेका छन्, जसको प्रयोगले सडक वर्षौंसम्म टिकाउ हुन्छ । उनीहरुले ग्राफिन नामक पदार्थ विकसित गरेका हुन् । ग्राफिन प्रयोग गर्दा सडकमा भ्वाङ वा खाल्डाखुल्डी पर्ने सम्भाव हुँदैहुन्न । सडक पनि मजबुत हुन्छ ।

सहरी क्षेत्रमा निर्माण भएका र हुँदै गरेका कालोपत्रे सडकहरु त्यति विश्वसनीय छैनन् । कतिपय सडकहरु हचुवाका भरमा निर्माण भएका छन् भने कतिपय सडक कमसल सामग्री प्रयोग गरेर निर्माण गरिएका छन् । यस्तो निर्माण भएका सडकहरुका एक वर्ष नपुग्दै भत्किने, कालोपत्रे उप्कने र ठाउँठाउँमा भ्वाङ पर्ने जस्ता समस्या देखिरहेका छन् । राजधानी काठमाण्डौमै कुरा गर्ने हो भने अधिकांश सडक उबडखाबड छन् । पक्की सडक कसरी वर्षौं टिकाउ बनाउने भन्ने नीतिमा नेपाल कमजोर देखिएको छ । बर्सेनि एउटै सडक पटकपटक बनाउनुपर्ने नियति भोग्नुपर्ने अवस्था छ । खराब सडककै कारण नेपालमा बर्सेनि सवारी दुर्घटनाका घटना बढ्नुका साथै सयौँ मानिसले ज्यान गुमाउँदै आएका छन् । तर न्यूनीकरणतर्फ भने सरकारको खासै ध्यान गएको देखिँदैन । 
बेलायतका वैज्ञानकिहरुले यस्तो पदार्थ विकसित गरेका छन्, जसको प्रयोगले सडक वर्षौंसम्म टिकाउ हुन्छ । उनीहरुले ग्राफिन नामक पदार्थ विकसित गरेका हुन् । ग्राफिन प्रयोग गर्दा सडकमा भ्वाङ वा खाल्डाखुल्डी पर्ने सम्भाव हुँदैहुन्न । सडक पनि मजबुत हुन्छ । यसले गर्दा सडककै कारण हुने दुर्घटनाहरु निकै कम हुने वैज्ञानिकहरुको दाबी छ । ग्राफिन एउटा विशेष प्रकारका कार्बन हो । यो संसारकै मजबुत पदार्थ पनि हो। ग्राफिन कार्बन परमाणुहरु सडक निर्माणका क्रममा बिच्छ्याउने फलामे जाली बाँध्न प्रयोग हुन्छ । यसले फलामे जालीलाई मजबुत बनाउँछ । यो कार्बन अन्यको तुलनामा २०० गुना मजबुत हुन्छ । यसले मौसमका कारण सडक चिरा पर्ने सम्भावनालाई निमिट्यान्न पार्छ ।
ग्राफिनको प्रयोग पहिलोपटक इटालीको राजधानी रोमको बाहिर इलाका निर्माण गरिएको सडकमा गरिएको थियो । त्यहाँ सडक निर्माण भएको वर्षदिन बितिसक्दा पनि सडक जस्ताको तस्तै छ । भारी सवारीसाधन र मौसमले त्यहाँको सडकमा कुनै किसिमको नोक्सानी पुर्याएको छैन । सडक निर्माणका क्रममा ग्राफिनसँगै प्लास्टिक पनि प्रयोग गर्न सकिने वैज्ञानिकहरुको ठहर छ । उनीहरुका अनुसार प्लास्टिक प्रयोग गर्दा ग्राफिनमा चिसो तापमानका क्रममा फैलिन सक्ने सम्भावनालाई रोक्दै सडकको आयु लामो बनाउन सहयोग पुर्याउँछ ।
सडकमा व्यापार पनि एउटा समस्या
साँघुरो सडक आफैंमा व्यवस्थित छैन, त्यसमाथि ठेला, डोको, डालो, नाङ्लोमा राखेर व्यापार गर्नेहरुबाट हुने फोहरले शहरलाई नै चुनौती दिइरहेको हुन्छ । वातावरण स्वच्छ राख्ने काममा पनि सडक व्यापारले समस्या बनाएको छ । यसका लागि सडकमा पसल गर्नेहरुलाई उचित स्थानको प्रबन्ध गर्नुका अतिरिक्त अभिमुखीकरण गर्नुपर्दछ । उपमहानगरले ठेलाहरुको अभिलेखीकरण गरी वार्षिक दर्ता तथा नवीकरण शुल्क लिँदै आएको छ । शुल्क लिने पालिकाको नियमले ठेलालाई सडकमा व्यापार गर्न अनुमति दिएको देखिन्छ । ठेला व्यवसायीलाई विस्थापन गर्नुभन्दा व्यवस्थापन गरिनु पर्दछ ।
अब निर्देशिका व्यवस्था गर्नुपर्ने आवश्यकता
सर्वसाधारणले भोग्नुपर्ने सास्तीका सम्बन्धमा कोही पनि सचेत भएको देखिँदैन । देशैभरि नै यस्ता समस्याको निराकरण गर्न सरकारले वर्षा याममा सडक निर्माण तथा मर्मत गर्नुपर्दा पालन गर्नुपर्ने नीति नियमसम्बन्धी निर्देशिका व्यवस्था गर्नुपर्ने आवश्यक देखिइसकेको छ । सर्वसाधारण जनतालाई सधैँ कतिन्जेल यस प्रकारको प्रशासनिक तथा प्राविधिक लापरबाहीका कारण दुःख दिइराख्ने हो ? यस सम्बन्धमा सरोकारवाला सरकारी निकायहरूले गम्भीरता साथ नीति निर्माण अनि त्यसको कडाइका साथ कार्यान्वयन अत्यन्त जरुरी देखिन्छ ।
जताततै खाल्डाखुल्डी कायमै छन्, मुख्य सडक तथा भित्री सडकको अवस्था कहालीलाग्दो छ । निर्माण कार्य बेवारिसे हुँदा सवारी दुर्घटना बढेको छ भने नालीमा परेर कतिको ज्यानसमेत गएको छ । तर, सरोकारवाला यस्ता विषयमा भने मौन बसेको देखिन्छ । सडक सुरक्षामा डिभिजन सडक काठमाडौंले भने ध्यान नपु–याएको स्पष्ट हुन्छ । अन्तर्राष्ट्रिय सडक गुणस्तर अनि हाम्रा सडकका गुणस्तरमा तुलनात्मक रूपमा भिन्नता रहेको पाइन्छ । सडकसँगसँगै सडकको सौन्दर्यताले महत्व राख्छ त्यसैले सडक सौन्दर्यतालाई जोगाई थप त्यस्ता कार्यमा जोड दिनुपर्ने आजको आवश्यकता छ ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा