images

अन्ततः गठन भयाे गठवन्धन सहितकाे मन्त्रीमण्डल

कसलाई कुन मन्त्रालय हेर्नुहोस नामावली सहित

काठमाडाैँ - नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रमण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् । 

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । साँझ ५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ ।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङ   राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या, बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुहोस नामावली सहित :

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा