images

मनकामना केवलकारमा बढ्याे यात्रुकाे चाप

काठमाडाैँ। कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ। गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो। 

मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या दुई हजार ३०० रहेको थियो। खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको सङ्ख्या क्रमशः बढ्दै गएको हो। गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो। 

कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताउनुभयो। विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्याङ्क छ।

चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ। त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन्। भारतीय पर्यटक आइनसकेकाले सङ्ख्या धेरै बढेको छैन। भारतीय पर्यटक आएसँगै यो सङ्ख्या बढेर जाने शेरचनले बताउनुभयो। 
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा