images

नेप्सेमा सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौँ । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य समायोजन गरेको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले तीन सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १२ दशमलव ९१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

अब आइतबार नेप्सेमा सोही मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । बैंकले साधारणसभा प्रयोजनका लागि शुक्रबार बुक क्लोज गरेको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र तीन दशमलव ०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गर्दैछ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा